जनकपुर : जनकपुरको प्रदेशिक होस्पितलमा उपचार नपाएर राजु सदाको मृत्यु भएको भन्दै दोषीलाई कडा कार्वाहीको माग गर्दै आज जनकपुरमा प्रदर्शन गरिएको छ ।
जनकपुरकाे हंसपुर लगायत विभिन्न गाउँबाट हजारौँको संख्यामा मानिसहरु आन्दोलनमा उत्रेका थिए ।
प्रहरीले आन्दोलन रोक्न खोज्दा झडप समेत भएको थियो।
प्रदर्शनकारीसँगै रहेका पत्रकार विपि साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सहभागीहरुलेमृत शम्भु र राजु सदाको परिवारलाई संघीय सरकारबाट क्षतिपूर्ति देउ, प्रहरी हिरासतमा मान्छे मार्न पाईदैन, नवलपरासी घटनाको दोषीमाथि कारवाही गर, दलितमाथि हत्या, हिंसा बन्द गर लगायतको प्ले कार्ड बोकेर नारा जुलुस लगाएका थिए ।